नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गोकुल बाँस्कोटाले ट्वीटरमार्फत राजीनामाको पुष्टि गरेका छन् । यसअघि प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नी सापकोटाले बाँस्कोटाको राजीनामाबारे आफुलाई अनौपचारिक जानकारी आएको बताएका थिए ।
बाँस्कोटाले नैतिकताको आधारमा राजीनामा गरेको ट्वीटरमा उल्लेख गरेका छन् ।
उनको ट्वीट यस्तो छ :
मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदवाट राजिनामा दिएको जानकारी गराउँदछु। धन्यवाद ।
— Gokul Prasad Baskota (@GokulPBaskota) February 20, 2020