जेठ ०४, २०८१, शुक्रबार
               

सञ्चारमन्‍त्री बाँस्कोटाले दिए राजीनामा

नेपाल फ्ल्यास
फागुन ०८, २०७६

ADVERTISEMENT

काठमाडौं : ७० करोड घुस मागेको अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् । संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यसको जानकारी दिएका हुन् ।

प्रमुख विपक्षी दल कांग्रेसले सञ्चारमन्त्री बाँस्कोटालाई तुरुन्त बर्खास्ती र छानबिन माग गर्दै बिहीबार प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको थियो।

त्यसपछि सभामुख सापकोटाले मन्त्रीको राजीनामा दिइसकेको जानकारी दिएका हुन्।

‘मलाई औपचारिक पत्र त आएको छैन। तर अनौपचारिक जानकारी आएअनुसार सम्बन्धित मन्त्रीले राजीनामा दिइसक्नु भएको छ,’ सभामुख सापकोटाले संसदमा भने।

कांग्रेसले आजै राष्ट्रियसभाको बैठक पनि अवरुद्ध गरेको थियो।


कस्तो लाग्यो ?

यो पनि