जेठ ०४, २०८१, शुक्रबार
               

सञ्चारमन्त्रीलाई तत्काल बर्खास्त गरी अनुसन्धान थाल्न कांग्रेसको माग

नेपाल फ्ल्यास
फागुन ०८, २०७६

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान थाल्न प्रधानमन्त्री आग्रह गरेको छ।

बिहीबार प्रेस वक्तव्य जारी गर्दै कांग्रेसले सञ्चारमन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गरी प्रकरणको अनुसन्धान अघि बढाउन माग गरेका हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक  प्रेस वक्तव्यमा ठूलो रकमको अनियमिततालाई अडियोले बलियोसँग प्रमाणित गरेको भन्दै मन्त्री बाँस्कोटालाई बखास्त गरेर अनुसन्धान गर्न माग गरेका हुन् । 

 प्रेस वक्तव्यमा उनले भनेका छन् ‘सेक्युरिटी प्रिन्टिङ खरिद तयारीसँगै ठूलो रकम अनियमितता तयारी भइरहेको थियो भन्ने अनुमानित विवरण यसअघि नै सार्वजनिक भएका थिए । तर स्वयं सञ्चारमन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपश्चात यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ ।’

सञ्चारमन्त्रीले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भइसकेको अवस्थामा उनलाई तत्काल बर्खास्त गर्न र निष्पक्ष अनुसन्धान प्रक्रिया अघि बढाउन प्रवक्ता शर्माले सरकारसँग माग गरेका छन्।


कस्तो लाग्यो ?

यो पनि