जेठ ०४, २०८१, शुक्रबार
               

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्छ : डा. कोइराला

नेपाल फ्ल्यास
फागुन ०८, २०७६

ADVERTISEMENT

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली काँग्रेसको आगामी  महाधिवेशनले  केन्द्रीय नेतृत्व परिवर्तन गर्ने बताएका छन् ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति उदयपुरद्वारा बुधबार आयोजित तीनदिने जिल्ला पार्टी सुदृढीकरण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्र सुदृढीकरणमा नेपाली काँग्रेसको भूमिका अहं रहने र लोकतन्त्र रहेमात्र विकास संभव हुने बताए ।

काँग्रेस उदयपुरका पार्टी प्रवक्ता मदनराज कटुवालका अनुसार सम्बोधनका क्रममा केन्द्रीय सदस्य डा कोइरालाले पार्टी गुट-उपगुटको कारण कमजोर बन्न नहुनेमा जोड दिए । उने भने,“ सरकारले दम्भको राजनीति गर्न हुँदैन । यसले लोकतन्त्र सङ्कटमा पर्न सक्छ ।”

केन्द्रीय सदस्यद्वय गुरुराज घिमिरे र बद्री पाण्डेले पार्टीलाई पुरानै अवस्थामा पुर्याउन कार्यकर्ता एकजुट भई लाग्नुपर्ने बताए  । काँग्रेस उदयपुरका अध्यक्ष विदुरबाबु बस्नेतले पार्टी सुदृढीकरणमा प्रशिक्षणले सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।


कस्तो लाग्यो ?

यो पनि