जेठ ०४, २०८१, शुक्रबार
               

सञ्चारमन्‍त्री बाँस्कोटाको बार्गेनिङ : अडियो सार्वजनिक

नेपाल फ्ल्यास
फागुन ०८, २०७६

ADVERTISEMENT

काठमाडौं : सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि बार्गेनिङ गरेको खुलासा भएको छ । एक स्वीस कम्पनीको नेपाली एजेन्ट विजयप्रकाश मिश्रसँग बास्कोटाले बार्गेनिङ गर्दै गरेको अडियो विभिन्‍न सञ्चारमाध्यममा सार्वजनिक भएको हो ।

मन्त्री बाँस्कोटाले कुन ट्रयाकबाट कमिसन बढी निकाल्ने भनेर यी एजेन्टसँग कुराकानी गरेका छन् । सिधा बाटाेबाट जाँदा कम कमिसन आउने भएकाले आउट अफ ट्रयाक जानुपर्ने विषयमा दुईबीच कुराकानी भएको छ । 

यसअघि अहिले नेपालमै इ–पासपोर्ट छपाई गर्ने भन्दै त्यसका लागि काभ्रेको धुलिखेलमा सेक्युरिटी प्रेसको स्थापना गर्न लागिएको थियो । त्यसका लागि सरकारले तयारी पनि थालेको भियो ।

स्वीस कम्पनीले सेक्युरिटी प्रेस स्थापना गर्नका लागि २ सय मिलियन अर्थात् करिब २६ अर्ब रुपैयाँ प्रस्ताव गरी लगानी बोर्डलाई पत्र पठाएको थियो । त्यसक्रममा कम्पनीका एजेन्टसँग मन्त्री बास्कोटाले कमिसनको बार्गेनिङ गरेका हुन् । 

त्यस्तै, आफ्नो ठेक्का नपरेपछि कम्पनीका एजेन्टले यो अडियो विभिन्‍न सञ्‍चारमाध्यमलाई उपलब्ध गराएका हुन् ।

अडियोमा के छ ?

एजेन्ट र मन्त्रीबीचको कुराकानी रेकर्ड गरिएको छ । त्यसक्रममा ७० देखि ७५ करोड कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन मन्त्रीलाई दिने प्रस्ताव एजेन्ट मिश्रले राखेका छन् ।  त्यसपछि मन्त्री बास्कोटाले 'त्यो भनेको कति भनेर' सोधेका छन् ।  जवाफमा उनले ५५ करोड जति कमिसन हुने प्रष्ट पारेका थिए। 

स्वीस कम्पनीले बिल्डिङसहित करिब २८ अर्बमा बनाउने भनेको सेक्युरिटी  प्रेस बार्गेनिङ नमिलेपछि झन्डै ४० अर्बमा जर्मन कम्पनीलाई दिइएको थियो । 

सुन्‍नुस् अडियो : 

 


कस्तो लाग्यो ?

यो पनि