जेठ ०४, २०८१, शुक्रबार
               

''सञ्चार माध्यमहरूमा छ्यापछ्याप्ती सरकार परिवर्तन''

नेपाल फ्ल्यास
फागुन ०७, २०७६

ADVERTISEMENT

केही दिनदेखि निरन्तर सञ्चारमाध्यमप्रति आक्रोश व्यक्त गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी सञ्चारमाध्यमहरूमा सरकार बनाउने र परिवर्तन गर्ने कुरा छापिन सुरु भएको बताएका छन् । 

निर्वाचन आयोग नेपालको चौथो निर्वाचन दिवसका अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले सरकार बनाउने र सरकार परिवर्तन गर्ने सबै कुरा सञ्चार माध्यमहरूमा छ्यापछ्याप्ती आइरहेको बताए। जनताको अभिमतबाट बनेको सरकारलाई जालझेल, षडयन्त्र र टिक्डमबाट फेर्ने कुरा दिनदिनै अखबारहरूमा छापिने गरेको उनको आरोप छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसका अवसरमा बुधबार पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्ति प्रति पनि व्यंग्य गरेका छन् । केही मानिसहरूले भविष्यका कुरा नगर, भविष्यका कुरा गरेर जनताको मनोबल नउठाउ भनेर अर्ति उपदेश दिएको भन्दै प्रधानमन्त्री अ‍ोलीले व्यंग्य गरे। उनले भने, ‘केही मानिसले हामीलाई सल्लाह, सुझाव, अर्ति उपदेश के दिन खोजेको हो कुन्नी यसो सुनिन्छ । भविष्यका कुरा नगर, भविष्यतर्फ नहेर, भविष्यका सुन्दर सपना नबाँड, सुन्र भविष्यको कुरा गरेर जनताको मनोबल नउठाउ, विगगतिर हेर भन्या सुन्छि । यो एउटा प्रतिगामी उद्देश्यसहितको सोचनको प्रकटीकरण हो ।’

पूर्वजहरूको गौरबलाई सधै सम्मान गर्ने उल्ले गर्दै ओलीले पूर्वजहरूका पौरख र उपलब्धिहरूको सम्मान गर्ने बताए। ओलीले विगतका नकारात्मक कुराहरू पनि आफुले नविर्षेको बताए। दरबार हत्याकाण्ड, माघ १९ जस्ता काला उद्देश्य प्रकटीकरण भएका काला दिनहरू पनि सम्झिरहेको उल्लेलख गर्दै ओलीले हाम्रो स्मरण शक्ति कमजोर छ भनेर नसोच्न आग्रह गर ।

प्रधानमन्त्री ओलीले जनताबाट प्राप्त अधिकारलाई सुदृढ र विस्तृत गर्दै ति अधिकारहरूको सफलतापूर्वक कार्यान्वयनको काम सरकार अघि बढेको बताए। देशमा सुशासन र विकासको बाटोमा सरकार अघि बढेको र यहि बाटोबाट सरकारले समृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय आकंक्षा सफलतापूर्वक अगाडी बढाउने बताए।


कस्तो लाग्यो ?

यो पनि