बैशाख २६, २०८१, बुधबार
               

सहिदहरूप्रति विभेद भएकोमा पूर्वमन्त्री थापाको आपत्ति

नेपाल फ्ल्यास
फागुन ०७, २०७६

ADVERTISEMENT

धनकुटा । राप्रपा संयुक्तका नेता एव‌ं पूर्वमन्त्री सुनिलबहादुर थापाले धनकुटाका सहिद परिवारलाई प्रदेश १ सरकारले आर्थिक सहायता र सम्मानमा भेदभाव गर्न लागेको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् ।

उनले सहिदभूमि गाउँपालिकाका १६ सहीद परिवारलाई सम्मान तथा सहयोग गर्न लागेकोमा खुसी व्यक्त गरे पनि धनकुटाका २७ परिवारलाई समान व्यवहार नभएकोमा असहमति जनाएका हुन् ।

नेता थापाले बुधवार विज्ञप्ति जारी गरी सरकारले फरक विचारका आधारमा भेदभाव गरेको भन्दै आपत्ति जनाएका छन् । उनले ११ जना सहिदका परिवारलाई पनि विना भेदभाव आर्थिक सहायता र सम्मान गर्न ध्यानाकर्षण गराएका छन् ।

२०७४ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारले तत्कालीन मन्त्री थापाकै लिखित प्रस्तावमा खोकु छिन्ताङ आखिसल्लाका १६ जनासहित धनकुटाका २७ जनालाई प्रजातन्त्रको पक्षमा बलिदान गरे बापत सहिद घोषणा गरिएको थियो ।

पूर्वमन्त्री थापाले एमाले र कम्युनिस्ट नेतृत्वको सरकार पटकपटक बन्दा पनि शालीकमाफूल चढाउने र औपचारिकता निभाउने बाहेक सहिदको पक्षमा त्यसअघि केही काम नभएको स्मरण गराएका छन् ।


कस्तो लाग्यो ?

यो पनि