मंसिर ०१, २०८१, शनिबार
               

नागरिक सम्पत्तिमाथि खेलबाड हुन थाल्यो : लोहनी

नेपाल फ्ल्यास
फागुन ०७, २०७६

ADVERTISEMENT

नागरिक सम्पत्तिमाथि खेलबाड हुन थालेकाले जनता सङ्घर्षमा उत्रन बाध्य हुनुपर्ने अवस्था सिर्जना भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बताएका छन् ।

देशमा विकसित बेथिति, भ्रष्टाचार र राज्यसत्ताको लुटतर्फ इङ्गित गर्दै अध्यक्ष लोहनीले जनताले आफ्नो भूमिका निभाउन बाध्य हुनुपर्ने टड्कारो आवश्यकता रहेको पनि बताए ।

प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै लोहनीले भनेका छन्, प्रजातन्त्रको मान्यताअनुसार देशको सार्वभौमिकता, शासन व्यवस्थाको आधार जनताको सर्वोच्चतामा निहित हुन्छ ।

‘प्रजातान्त्रिक पद्धतिको यही यथार्थ बुझेर शासनमा बस्नेहरूले काम गर्नु पर्ने हो तथापि जनताको साधन श्रोत र सम्पत्तिमाथि खेलबाड भएको छ । त्यसैले त्यसको विरुद्धमा जनता आफै उत्रनु पर्छ भन्ने चिन्तन आजको आवश्यकता भएको हो,’ सन्देशमा उनले भनेका छन् ।

साथै उनले देशको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रतालाई थप सुदृढ गर्दै देशलाई विकास र समृद्धिको मार्गमा अगाडि बढाउन सकिने विश्वास व्यक्त गरेका छन् । 

‘ऐतिहासिक जनआन्दोलनमार्फत सार्वभौम नेपाली जनताले फागुन ७ गते राणा शासन ढालेर प्रजातन्त्र स्थापना गरेको गौरवपूर्ण र अविस्मरणीय दिन हो,’ लोहनीले शुभकामना सन्देशमा उल्लेख छ ।


कस्तो लाग्यो ?

यो पनि