काठमाडौं । संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास बलात्कार प्रयास मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका पुर्व सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागारबाट छुटेका छन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो । बलात्कार प्रयासको आरोप लागेपछि महराले गत असोज १४ गते सभामुख पदबाट राजिनामा दिएका थिए ।
सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि असोज १२ गते साँझ बलात्कार प्रयास गरेको आरोप लागेको थियो । असोज १३ गते उक्त घटना सार्वजनिक भएको थियो । प्रहरीले महरालाई असोज १९ गते पक्राउ गरेको थियो ।