जेठ ०६, २०८१, आइतबार
               

‘समाचारमा खाली बाँसुरी बजाएको मात्र किन आउँछ ?’
प्रधानमन्त्रीको पत्रकारलाई ब्यङग्य - ‘गाली गर्ने विषय नपुने दार्चुलामा दुईटा तुइन बाँकी छ, त्यसको फोटो देखाएर लेख्नुस्’

ADVERTISEMENT

बेलाबेलामा सञ्चारमाध्यम र पत्रकारहरुप्रति कटाक्ष पोख्दै असन्तुष्टि जनाउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि आक्रोश र गुनासो पोखेका छन् । आफू नेतृत्वको सरकारका राम्रा कामको प्रशंसा नगरेको गुनासो पटकपटक प्रकट गर्दै आएका ओलीले सोमबार पुन सार्वजनिक मञ्चमार्फत नै आक्रोश मिश्रित गुनासो पोखे ।

प्रधानमन्त्री ओली विभिन्न विषयमा सञ्चारमाध्यमप्रति कटाक्ष गरिरहेका हुन्छन् । सरकारका राम्रो कामको बारेमा समाचार लेख्दा आफूलाई तपाई नभनी तिमी भनिएको भन्दै गुनासो पोख्छन् । कमजोरीको विषयमा समाचार प्रकाशन, प्रशारण हुँदा राम्रो कामको बारेमा लेख्न नसक्ने ‘मुटु नभएका सम्पादक’ भन्दै गहन आरोप र आक्रोश पोख्छन् । उनका भाषणा तथा अभिव्यक्ति सुन्दा लाग्छ, उनी प्रशंसाका निकै भोका छन् ।

‘कसैकसैको बौद्धिकता देख्दा पनि गजब लाग्छ । विकास मजाक होइन, यो साझा नारा र कर्तव्य हो । तर समाचार भने खाली बाँसुरी बजाएको मात्रै आउछ ।’ 

आफू नेतृत्वको सरकारले गरेका राम्रा कामको प्रशंसा गर्ने मन र मुटु भएका सम्पादकको खडेरी परेको निष्कर्ष निकालेका ओलीले सोमबार पुन पुरानै अभिव्यक्ति दोहोर्‍याए ।  काठमाडौंमा बिजुलीका तार भूमिगत गर्ने काम शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यति धेरै काम गरिरहेका छौं, तर समाचारमा खालि बाँसुरी बजाएको मात्र आउँछ । देश विकास भएको किन देखीसहँदैनन् ?’ 

आफू नेतृत्वको सरकारले २ बर्षमा धेरै राम्रा काम गरिरहको दावी गर्दै उनले समाचारमा भने बाँसुरी बजाएको सन्दर्भ मात्रै छाईरहेको गुनासो गरे । ‘कसैकसैको बौद्धिकता देख्दा पनि गजब लाग्छ । विकास मजाक होइन, यो साझा नारा र कर्तव्य हो । तर समाचार भने खाली बाँसुरी बजाएको मात्रै आउछ ’ उनले अगाडी भने ।

काठमाडौंमा २ बर्षमा तारलाई जमिनमुनि गाडीसक्ने लक्ष्य लिएको भूमीगत तार उद्घाटन गर्न गएका ओलीले बिजुली, टेलिफोन र इन्टरनेटका तार भूमिगत भएपछि शहरको सौन्दर्य बढ्ने बताए । यसबाट जनतालाई पनि सहज हुने बताउँदै ओलीले भने, ‘चराले गुँड बनाउने गरी गुजुल्टिएको तार हट्छ । अब शहर कुरुप हुँदैन, चिटिक्कको शहर बन्छ । पोलभरि गुजुल्टिएको तार देख्ने दिन अन्त्यका लागि यो काम गरेका छौं ।’

आफू पहिलो पकट प्रधानमन्त्री हुँदा तुईन विस्तापित गर्ने निर्णय गरेको बताउदै त्यो पुरा भएको पनि उनले दावी गरे । तर उनले संञ्चारकर्मीलाई व्यङग्य गर्दै भने, ‘कति बाँसुरी बजाएको लेख्नुहुन्छ, अव दार्चुलामा मात्र दुई वटा तुइन बाँकी छ, त्यही तुइनको फोटो देखाएर सरकारको आलोचना गर्नुहोस् ।’ मुलुकको अभिभावक प्रधानमन्त्रीबाट गाली खाँदै आएका प्रधानमन्त्रीले यसो भन्दा भने रिर्पाेटिङमा आएका पत्रकारले हाँसो थाम्न सकेनन् । 

सोमबार प्रधानमन्त्रीले चक्रपथबाट उद्घाटन गरेको भूमिगत लाईन काठमाडौ भर विछ्याईने  छ। रत्नपार्क, बागबजार, पुतलीसडक, न्यूरोड, अनामनगर, जमल, लैनचौर, ठमेल, नक्साल, सोह्रखुट्टे, त्रिपुरेश्वर, टेकु, थापाथली, माइतीघर, सिंहदरबार, लाजिम्पाट, गौशाला, एयरपोर्ट, बानेश्वर, चाबहिल, बौद्ध, जोरपाटीलगायतका स्थानहरुमा पनि तार भूमिगत गरिने छ । ती क्षेत्रमा ११ हजार भोल्टेज र ४ सय भोल्टेजका क्रमशः करिब २ सय र ४ सय किलोमिटर तार भूमिगत गरिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिएका  । साथै त्यहाँ करिब २ सय किलोमिटर अप्टिकल फाइबर पनि बिछ्याइने छ ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि