काठमाडौं । निवर्तमान उपसभामुख शिवमाया तुम्वाहाङ्फे कानुनमन्त्रीमा नियुक्त भएकी छन् ।
तुम्बाहाङ्फेले आज (सोमबार) दिउँसो साढे ३ बजे राष्ट्रपतिसमक्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिने कार्यक्रम छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तुम्बाहाङ्फेलाई दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपेन्द्र यादवको वहिर्गमनपछि रिक्त रहेको कानून मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका थिए ।