ललितपुर महानगरपालिकाले भोलि (सोमबार) सार्वजनिका बिदा दिने भएको छ । महानगरपालिकाका पूर्वप्रमुख तथा स्वतन्त्रता सेनानी बेखारत्न शाक्यको आइतबार निधन भएकाले भोलि बिदा दिने निर्णय दिने भएको हो ।
स्वर्गीय शाक्य ललितपुर उपमहानगरपालिकाको पूर्वप्रमुख, नगरपालिका संघको पूर्वकेन्द्रीय अध्यक्ष र नेपाल प्रजातन्त्र सेनानी संघको पूर्वजिल्ला सभापतिसमेत भएका थिए।
आइतबार ८९ वर्षको उमेरमा काठमाडौंको मेडीसिटी अस्पतालमा उपचारका क्रममा शाक्यको निधन भएको थियो ।