मंसिर ०७, २०८१, शुक्रबार
               

महराको मुद्दामा अन्तिम सुनुवाई हुँदै

नेपाल फ्ल्यास
फागुन ०४, २०७६

ADVERTISEMENT

बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका प्रतिनिधिसभाका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार आनन्दराज श्रेष्ठकाअनुसार अहिले  महरा पक्षका वकिलहरूले बहस गरिरहेका छन् ।  

'सरकारी वकिलको बहस यसअघि नै सकिइसकेको छ। ‘अरू कुनै कुरा झिकाउने आदेश नभए आजै फैसला हुन सक्छ,’ श्रेष्ठले भने। काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्मरराज पौडेलको इजलासमा आइतबार मुद्दाको सुनुवाइ भइरहेको छ।

जबर्जस्ती करणीको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध महराले उच्च अदालत पाटनमा निवेदन दिएका थिए। उच्च अदालतले जिल्लाको फैसलालाई सदर गर्दै महिना दिनभित्र मुद्दाको अन्तिम टुंगो लगाउन पनि भनेको थियो।


कस्तो लाग्यो ?

यो पनि