जेठ ०७, २०८१, सोमबार
               

प्रधानमन्त्री ओलीको व्यक्तिगत वेबसाइटमा अश्लील भिडियो

नेपाल फ्ल्यास
फागुन ०४, २०७६

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत वेवसाईटमा अश्लिल भिडियो र तस्वीरहरु अपलोड भएको छ । kpsharmaoli.com वेबसाईटमा पोर्न भिडियो अपलोड भएपछि सामाजिक सञ्जालमा निकै खैलाबैला मच्चिएको छ ।

त्यसपछि सो साईटनै बन्द गर्न प्रधानमन्त्री कार्यालय बाध्य भएको छ । प्रधानमन्त्रीको आधिकारीक यो पेज ह्याक भएको उनको सचिवालयले जनाएको छ ।

मूलुकमा बलात्कारका घटना बढ्यो भन्दै नेपालमा गत सालदेखि पोर्न भिडियो बन्द गरिएको छ । तर प्रधानमन्त्रीकै नामको डोमेनमा भने सयौं पोर्न भिडियो अपलोड भएका छ । सो साईटमा जाने जो कोही लज्जित हुनपुग्छ ।

शुरूमा प्रधानमन्त्री ओलीको व्यक्तिगत जानकारी समेटिएको वेबसाइट लामो समयदेखि दुरुपयोग भएको पाइएको थियो । तर उक्त पोर्न भिडियो कहाँबाट अपलोड भयो भन्नेबारे केहि थाहा भएको छैन ।

वेबसाईट ह्याक भएको आशंका गरिएको छ । अहिले सो साईट बन्द गरिएको छ  ।


कस्तो लाग्यो ?

यो पनि