प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका हत्यारा अब उम्किन असम्भव भएको दावी गरेका छन् ।
शनिबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले यसअघि निर्मला हत्या प्रकरणका दोषीलाई जोगाउन र पक्राउ परिसकेका व्यक्तिलाई छुटाउन अनेक प्रयास भएको बताए । घटना बिथोल्न अनेकौँ प्रयास भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीलले अब निर्मला हत्याका दोषी नउम्कने दोहोर्याए ।
‘निर्मला हत्याकाण्डका दोषी अब उम्कन सम्भव छैन’, प्रधानमन्त्री ओलीले भने ‘दोषीले अब कानुनको कठघरामा उभिनै पर्नेछ ।’ अहिले शान्तिसुरक्षाको अवस्था राम्रो रहेको प्रधानमन्त्रीको भनाइ छ ।