जेठ ०८, २०८१, मंगलबार
               

एक सय ८० नेपालीलाई शनिबार स्वदेश ल्याइँदै
फर्किएपछि चालकसहित सबै क्वारेन्टाइनमा बस्नुपर्ने

नेपाल फ्ल्यास
फागुन ०२, २०७६

ADVERTISEMENT

काठमाडाै‌ । सरकारले चीनको हुबेई प्रान्तमा नेपाली विद्यार्थीलाई लिन जाने पाइलट प्राविधिक तथा स्वास्थ्यकर्मीलाई समेत क्यारेन्टाइनमा राखिने भएको छ। नेपालीलाई लिन शनिबार जाने नेपाल वायुसेवा निगमको एयरबसमा सवार हुने सबैलाई भक्तपुरस्थित क्वारेन्टाइनमा राखिने भएको हो । 
शनिबार दिउँसो पौने २ बजे एयर ३३०–२०० सिरिजको दुई सय ७४ सिटे जहाज वुहान जानेछ । जहाजमा एक चिकित्सक, दुई नर्स र एक पारामेडिक्स रहेको चिकित्सक टोली जानेछ । तीनजना पाइलट, सातजना क्याबिन क्रु, दुईजना इन्जिनियर, एकजना फ्लाइट डिस्प्याचर र एकजना लोडमास्टर गरी चालक दलका जम्मा १४ सदस्य पनि चीन जानेछन् ।

उनीहरुसहित अरु स्वास्थकर्मी गरी ५० जनाबढी चीन जाने जनाएको छ । जहाजको चालक दलका सदस्यहरु तथा अरु चीन जाने सबै टोलीलाई  स्वास्थ्य मन्त्रालयले तालिम दिइसकेको नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले बताइन् । उनले भनिन् –‘फर्किएपछि उनीहरुलाई विश्व स्वास्थ संगठनको नियमअनुसार क्यारेन्टाइनमा राखिने भनिएको छ, कति समय राखिने हो त्यो भने यकिन भइसकेको छैन ।’ 

नेपाल ल्याइएपछि उनीहरुले दुई सातादेखि १७ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । चीनबाट ल्याइएका विद्यार्थीहरुले भने अनिवार्य रुपमा सो मापदण्ड पूरा गर्नैपर्ने स्वास्थ मन्त्रालयले जनताएको छ । चीनबाट फर्किएका सबैले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) र सरकारले तोकेको सर्त पालना गर्नुपर्ने स्वास्थ मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए । उनले नेपाल फ्याससँग भने, ‘क्वारेनटाइनमा कसैलाई भेट्न पाइँदैन, त्यहीँको खाना खानुपर्ने र डाक्टरको निगरानीमा बस्नुपर्ने हुन्छ ।’

हुबेई प्रान्तमा रहेका एक सय ८० नेपालीलाई शनिबार राति स्वदेश ल्याइनेछ । स्वदेश फर्कँदा रातको सवा २ बज्ने नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले बताइन्  । यसबारेमा सम्पूर्ण तयारी पूरा भइसकेको उनले बताइन् । हुबेई प्रान्तको वुहान शहर र आसपासका क्षेत्रमा बस्दै आएका एक सय ८० जना नेपालीले घर फर्किन चीनमा रहेको नेपाली दूतावासमा अनलाइन आवेदन भरेका छन् ।

नियमित उडानमा असर नपर्ने
चीनबाट विद्यार्थीहरु नेपाल ल्याएपछि पनि विमानस्थलको नियमित उडान अवतरणमा कुनै असर नपर्ने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले बताए । विद्यार्थीलाई काठमाडौ‌ विमानस्थलमा झारिएपछि ४८ घण्टासम्म जहाजलाई ग्राउन्डिङ गरिने उनले बताए ।

प्रवक्ता कर्णले नेपाल फ्याससंँग भने ‘अरु उडान तथा अवतरणमा कुनै रोकतोक गर्नुपर्दैन, तर विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डअनुसार संक्रमण खतरा भएका ठाँउका व्यक्ति ल्याउने एयरक्राफ्टमा ४८ घण्टासम्म अरु यात्रु चढाउन पाइँदैन, त्यसबाहेक विमानस्थलका अरु काममा भने असर पर्दैन ।’ कोरना भाइरसका संक्रमण भएको भए पनि जीवाणुलाई निस्तेज पार्न विमान कम्तीमा दुइृ दिन व्यावसायिक उडानमा जाने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि