काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् राष्ट्रिय सभा सदस्य दुर्गा उपाध्यायको निधन भएको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले शुक्रबार बिहान उनको निधन भएको जानकारी दिए । ५० वर्षीया उपाध्यायको आफ्नै निवासमा निधन भएको हो ।
उपाध्याय लामो समयदेखि आन्द्राको क्यान्सरबाट पीडित थिए । उनी कांग्रेस रुपन्देही क्षेत्र नम्बर ५ का पूर्व क्षेत्रीय सभापति थिए ।
लुम्बिनी सांस्कृतिक नगरपालिका, रुपेन्देहीका उपाध्याय २०४२ सालदेखि राजनीतिमा सक्रिय थिए ।
उनको शुक्रबार (आज) २ बजे दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।