गत माघ २७ र २८ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका १६ निर्णयहरु सरकारले सार्वजनिक गरेको छ ।
बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत मन्त्री गोकुलप्रसाद बाँस्कोटाले ती निर्णय सार्वजनिक गरेका हुन् ।
उपनिर्वाचन सम्पन्न भएपश्चातको झडपमा परी घाइते अछाम मल्लेख गाउँपालिका ५ का गम्भीर साउँद, मोहन साँउद, रामबहादुर साँउद र नरबहादुर साँउदको उपचार तथा बिरामी कुरुवा खर्चवापत भएको २ लाख ८३ हजार ५ सय ८४ रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको देखि कर्जा सूचनासम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिइएकोसम्म उल्लेख छ ।