मंसिर ०७, २०८१, शुक्रबार
               

संसदकाे अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा छुट्टाछुट्टै डेस्क निर्माण

नेपाल फ्ल्यास
फागुन ०१, २०७६

ADVERTISEMENT

प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अन्तर्राष्ट्रिय मुलुक र संघसंस्थालाई हेर्न छुट्टाछुट्टै डेस्क निर्माण गरेको छ । समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले अन्तर्राष्ट्रिय व्यक्तित्वहरूसँग छलफल र समन्वयन गर्न सहज होस् भन्ने उद्देश्य र एकरूपता कायम गर्न छुट्टाछुट्टै डेस्क निर्माण गरेको हो । 

बैठकमा समितिका सभापति पवित्रा निरौला खरेलले सार्क राष्ट्र हेर्ने डेस्कमा तीन जना सदस्य रहने, चीन, मंगोलिया, दक्षिण कोरिया, उत्तर कोरिया, जापान, ताइवान हेर्ने डेस्कमा तीन जना, आसियान मुलुकलाई हेर्ने डेस्कमा तीन जना, अफ्रिका, युरोपियन युनियन र उत्तर अमेरिका हेर्ने डेस्कमा तीन तीनजना र अन्तर्राष्ट्रिय संघसंस्था तथा संस्कृति पर्यटन तथा नगारिक उड्डयान मन्त्रालय र परराष्ट्र मन्त्रालय हेर्ने डेस्कमा तीन/तीन जना सदस्य रहने गरी डेस्क निर्माण गर्न लागिएको बताइन् ।

उनले विदेशबाट राजदूतहरू आउने र अन्तर्राष्ट्रिय सम्बन्ध समितिसँग छलफल भइराख्नुपर्ने अवस्थामा सधैं सभापतिले मात्रै भेटघाट गर्ने स्थितिको अन्त्य गर्न र सम्बन्धित डेस्कले छलफल गर्दा बढी प्रभावकारी हुने भएकाले डेस्क निर्माण गरिएको बताइन् । 

त्यस्तै समितिले वार्षिक कार्ययोजना समेत नयाँ बनाउनुपर्नेमा जोड दिएको छ । समितिका कार्य थपिएकाले कार्ययोजना नयाँ बनाउनुपर्ने अवस्था आएको पनि उनले बताइन् । त्यस्तै यसअघि समितिले सबै विषयमा गम्भीर छलफल गरी सरकार तथा मन्त्रालयहरूलाई निर्देशन दिए पनि केही गम्भीर विषयको जवाफ नआएको बताइन् । 


कस्तो लाग्यो ?

यो पनि