नेपाली सेनाका निर्वतमान सेनापति राजेन्द्र क्षत्रीमाथि छानबिन हुने भएको छ । बिहीबार संघीय संसदको राज्यव्यवस्था समिति बैठकले क्षत्रीमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई निर्देशन दिन राय पेस गरेको हो ।
क्षत्रीले पदको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको र भ्रष्टाचार गरेको भन्दै छानबिनका लागि राज्यव्यवस्था समितिमा निवेदन परेको थियो ।
सेनाको मुख्यालय पुनर्निर्माण क्रममा पनि भ्रष्टाचार भएको भन्दै राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ । उजुरीमा उच्चस्तरीय छानबिन टोली गठन गरी दोषीलाई कारबाहीको माग गरिएको छ ।