मंसिर ०७, २०८१, शुक्रबार
               

'कांग्रेस र नेकपाको विकल्प राप्रपा'

नेपाल फ्ल्यास
फागुन ०१, २०७६

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले कांग्रेस र नेकपाको विकल्प राप्रपा  नै  भएको दाबी गरेका छन् । 

बिहीबार पार्टीको ‘बाग्मती प्रदेशस्तरीय निर्वाचन अभिमुखिकरण’ बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले कांग्रेस र कम्युनिष्टको विकल्पको रुपमा राप्रपालाई अगाडि बढाउने उल्लेख गरे । 

राप्रपालाई अगाडि बढाउन देशभरका कार्यकर्ताको प्रतिबद्धता र मेहनत जरुरी भएको र संगठन निर्माणको जगमा पार्टीलाई राष्ट्रिय राजनीतिमा स्थापित गराउने थापाले दृढता व्यक्त गरे । 

थापाले पार्टीलाई उठाउने सङ्कल्प कार्यान्वयन गर्ने क्रममा केन्द्रीय महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नुपर्नेमा जोड दिँदै उनले भने, महाधिवेशन औपचारिक प्रक्रिया मात्र होइन , संगठन निर्माणको आन्दोलन र अभियान पनि हो।’
 
सकृय सदस्यताको आधारमा महाधिवेशन प्रतिनिधि हुने बिषयलाई  नेताहरुले गम्भीरतासाथ लिई काम गर्न थापाको आग्रह छ । 
 
कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता दिपक बोहराले देशब्यापी रुपमा संगठन सुदृढीकरण अभियानमा लाग्नुपर्नेमा जोड दिए । 

पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले पार्टी र नेतृत्व प्रती चलाईएको भ्रम र घेराबन्दीलाई तोडेर अघि बढ्नुको बिकल्प नभएको बताए । 

कार्यक्रममा  बागमती प्रदेशका १३ जिल्लाका तीन सय पाँच प्रतिनिधिको सहभागिता थियो । 


कस्तो लाग्यो ?

यो पनि