काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पनि भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
मन्त्रिपरिषदले गरेका सबै निर्णय नीतिगत हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ब्याख्या गलत भएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवास प्रकरणमा अख्तियारले विशेष अदालतमा दुई जनाविरुद्ध मुद्दा दायर नगरेको भन्दै रिट दर्ता गरेका हुन् ।
अख्तियारले मन्त्रिपरिषदबाट निर्णय गराएको विषय भन्दै पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध भने मुद्दा चलाएको थिएन ।
अख्तियारले माघ २२ गते तत्कालीन ३ मन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।