जेठ ०५, २०८१, शनिबार
               

नेपाली समाचारमा प्रयोग हुने सम्बोधनप्रति असन्तुष्टि : प्रधानमन्त्री ओली

नेपाल फ्ल्यास
माघ २८, २०७६

ADVERTISEMENT

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सञ्चार माध्यमहरूले समाचारमा प्रयोग गर्ने सम्बोधनप्रति असन्तुष्टि गुनासो गरेका छन् ।  गृह मन्त्रालयमा मङ्गलवार भएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सञ्चार माध्यमहरूले तपाई नभनी तिमी भन्ने सम्बोधनप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । 

नेपाली भाषामा बच्चालाई तँ भनिने, हुर्किँदै गएपछि तिमी र आफूभन्दा ठुला तथा दौँतरीहरूलाई तपाई भनेर भनिने  कुराको उल्लेख गर्दै प्रधानमन्त्रीले ओलीले भने, ‘तपाई भन्ने आदरार्थी शब्द व्यवहार र समाजबाटै हटाउने सुनियोजित प्रयास भएको छ । अङ्ग्रेजीमा यु भनेपछि पुग्छ । बिबिसीले पहिले सुरु गर्‍यो । यसो भने, यसो भनिन् । हाम्रा हजुर बाले यसो भने, हजुर आमाले यसो भनिन् । भन्नुभयो भन्न आउँदैन । अनि त्यही कपी गरेर नक्कल गरेर सबैले यस्तै भन्न थाले ।’

सञ्चार माध्यमहरूले अङ्ग्रेजीको सिको गरेर कसैलाई हजुरभन्दा आफू अपमानित भएको ठान्ने गरेको उनले जनाए । नेपालको भाषा र त्यसको मर्म भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सञ्चार माध्यमहरूले हजुरभन्दा सारै सानो ठान्ने गरेको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले आदरार्थी शब्द र सम्मानयुक्त व्यवहार समाजबाटै हटाउने सुनियोजित प्रयास भएको आरोपसमेत सञ्चार माध्यमलाई लगाए । 

उनले भने, ‘हाम्रो भाषामा बोलाउँदा हजुर भन्ने छ । हाम्रा सञ्चार माध्यमहरू हजुर भन्दाखेरि सारै सानो ठान्छन् । हाम्रो सञ्चार माध्यमलाई अङ्ग्रेजीको कपी गरेर  मिस्टर– मिस भनेर बोलाउन पाउँदा राम्रो लाग्छ । कसैलाई तपाई भन्नु पर्दा अचम्मको अपमान भएको जस्तो लाग्छ।’


कस्तो लाग्यो ?

यो पनि