जेठ ०५, २०८१, शनिबार
               

काँग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध नगर्ने

नेपाल फ्ल्यास
माघ २८, २०७६

ADVERTISEMENT

काठमाडौं । राजनीतिक प्रतिशोधको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेता विजय गच्छदारलाई भ्रष्टाचारको मुद्दा चलाएको आरोपमा लगाउँदै संसद अवरोध गर्दै आएको नेपाली कांग्रेसले आजबाट अवरोध नगर्ने  निर्णयसँगै मंगलबारदेखि बैठक सुचारू भएको छ।

नेपाली कांग्रेसको संसदीय दलको म‌गलबार बसेको बैठकले गच्छदारविरुद्धका मुद्दालाई राजनीतिक र कानुनीरुपमा जारी राख्ने भए पनि संसद अवरोध भने हटाउने निर्णय गरेको हो।

यसअघि कांग्रेसले लगातार संसद बैठक तीनपटक अवरोध गरेको थियो।  काँग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले सो निर्णय गरेको सांसद दिलेन्द्रप्रसाद बडूले  जानकारी दिए ।  बैठकले प्रचलित कानून र संवैधानिक निकायको निष्पक्षता र स्वतन्त्रता नै कमजोर हुने गरी राजनीतिक पूर्वाग्रह भई नेता गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको ठहर  गरेको उनले बताए ।

प्रतिनिधिसभाको आजको बैठकमा काँग्रेसले आफ्ना धारणा राखेर बैठक सञ्चालनमा सहयोग  पु¥याउने सांसद बडूले बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको जग्गा प्रकरणमा उपसभापति गच्छदारलगायत १७५ जनाविरुद्ध विशेष अदालतमा यही माघ २२ गते मुद्दा दायर गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि