जेठ ०५, २०८१, शनिबार
               

नेकपाले यसरी सम्झँदै छ जनयुद्ध दिवसलाई

नेपाल फ्ल्यास
माघ २७, २०७६

ADVERTISEMENT

काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाले फागुन १ गते शहीद स्मृति सभा गर्ने भएको छ ।

एकताअघि माओवादीले जनयुद्ध दिवस मनाउँदै आएको थियो । एकतापछि माओवादीले जनयुद्ध सुरु गरेको दिनलाई कसरी स्मरण गर्ने भन्नेमा अझै निर्णय भएको थिएन । एमालेले माओवादीले भनेको सशस्त्र सङ्घर्षलाई  कहिल्यै पनि जनयुद्धको रूपमा स्वीकार गरेको थिएन ।

नेकपाले फागुन १ गते देशैभर श्रद्धाञ्जली गर्ने भएको हो ।

नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जनआन्दोलन तथा जनयुद्धका शहीदको स्मृतिमा आयोजित श्रद्धाञ्जली गरिने जानकारी दिएको राससले जनाएको छ ।

उनका अनुसार ७७ वटै जिल्ला कमिटीलाई रचनात्मक तरिकाले कार्यक्रम गर्न निर्देशन दिइएको छ ।

काठमाडौँमा पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा गरिने सभामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सम्बोधन गर्ने कार्यक्रम छ ।


कस्तो लाग्यो ?

यो पनि