जेठ ०५, २०८१, शनिबार
               

किन सरकारले छान्न सकेन नयाँ आइजिपी ?

नेपाल फ्ल्यास
माघ २७, २०७६

ADVERTISEMENT

काठमाडौँ । मन्त्रिपरिषद्को सोमबारको बैठकले नयाँ प्रहरी महानिरीक्षक (आइजिपी) बनाउने विषयमा कुनै निर्णय लिन सकेन ।

आइजिपी सर्वेन्द्र खनाल मंगलबारदेखि ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाने भएपछि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी सङ्गठनलाई नयाँ नेतृत्व दिने प्रयास गरे पनि सफलता पाउन सकेन । अब मङ्गलवार बस्ने बैठकले नयाँ आइजिपी चयन गर्ने एक मन्त्रीले बताए ।

आइजिपी खनालसँग हाल बहाल रहेका सबै एआइजिपि पनि अवकाशमा जाँदै छन् । त्यही कारण फेरी पनि डिआइजीमध्येबाट प्रहरी सङ्गठनको नयाँ नेतृत्व चयन हुनेछन् । जसमा ४७ सालका ब्याची ठाकुर ज्ञवाली र तारिणीप्रसाद लम्साल नयाँ आइजिपीका प्रमुख दाबेदार हुन् । साथै सूर्य उपाध्यायसमेत सो दौडमा छन् । तर, सोमबारको मन्त्रिपरिषद् बैठकमा ज्ञवाली र लम्सालको नाममा मात्र चर्चा चलेको ती मन्त्रीले जानकारी दिए । ती दुइको नाममा मन्त्रिपरिषद् नै गर्माएको कारण साेमबार नयाँ आइजिपी चयन हुन नसकेको हो ।

आइजिपी खनालले प्रहरी ऐन संशोधन गराएर सेवा अवधि हटाउने चर्चा व्यापक भए पनि उनी त्यसमा सफल हुन सकेनन् । जसले गर्दा ज्ञवाली र लम्सालमध्ये जो नयाँ आइजिपी बने पनि उनीहरूको कार्यकाल असार महिनासम्म मात्र रहने छ ।


कस्तो लाग्यो ?

यो पनि