जेठ ०५, २०८१, शनिबार
               

कांग्रेसलाई कमल थापाको प्रश्नः भागवण्डा अन्त्य गर्न कांग्रेस तयार छ ?

नेपाल फ्ल्यास
माघ २७, २०७६

ADVERTISEMENT

काठमाडौं । बालुवाटारस्थित ललिता जग्गा प्रकरणमा अख्तियारले मुद्दा दायर गरेपछि उत्पन्न विवादको विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो प्रतिक्रिया दिएका छन् ।

राप्रपा अध्यक्ष थापाले बालुवाटार जग्गा प्रकरणमा अख्तियारले मुद्दा दायर गरेपछि उत्पन्न विवाद कांग्रेस र कम्युनिष्टले सुरु गरेको भागवण्डाको राजनीतिको परिणाम भएको बताएका छन् ।

बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा ल्याउनमा दोषि देखिएका १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

अख्तियारले उक्त जग्गा प्रकरणमा पूर्वमन्त्री विजय गच्छदारसहितलाई विपक्षी बनाउँदै मुद्दा दायर गरेको छ।

अख्तियारले मुद्दा दायर गरेसँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले त्यसको विरोध गर्दै आएको छ । 

कांग्रेसले आफ्नो पार्टीका नेताहरुलाई फसाउने र नेकपाका नेताहरुलई उन्मुक्ति दिनेगरी मुद्दा अघि बढाइएको भन्दै संसद बैठक समेत अवरुद्ध गर्दै आएको छ।

यसैबीच, राप्रपा अध्यष थापाले राज्य संरचनालाई पार्टीकरण गर्ने प्रथा अन्त्य नभएसम्म उक्त अंगका निर्णयहरु विवादास्पद रहने टिपणी गरेका छन् ।

सामाजिक सञ्जालमा ट्विट गर्दै थापाले अख्तियारको पछिल्लो निर्णयको बिरोध गर्दा भागवण्डाको नीति अन्त गर्न कंग्रेस तयार छ ? भनेर थापाले प्रश्न गरेका छन् । 

यस्तो छ उनको ट्विटः


कस्तो लाग्यो ?

यो पनि