जेठ ०५, २०८१, शनिबार
               

अख्तियारको विरोधमा तरुण दलको प्रदर्शन

नेपाल फ्ल्यास
माघ २६, २०७६

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रसको भातृसंगठन नेपाल तरुण दलले अख्तियार दुरुपयोग अनुशन्धान आयोगको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।  ललिता निवास, बालुवाटारको जग्गा प्रकरणमा सबै दोषीलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका हुन् । 
माइतीघाबाट सुरु भएको प्रदर्शन अहिले नयाँ बानेश्‍वरसम्म पुगेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रकरण्मा मुछिएका नेकपाका नेतालाई बचाएर कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई मात्रै मुद्दा चलाएको भन्‍दै कांग्रेसका भ्रातृसंस्था सडकमा उत्रिएका हुन् ।

ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको भन्दै अख्तियारले गच्छदारविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेपछि कांग्रेसले सदन र सडकबाट विरोध गरिरहेको छ।


कस्तो लाग्यो ?

यो पनि