जेठ ०५, २०८१, शनिबार
               

लाखौँ युवा विदेशमा राखेर मुलुक बन्न सक्दैन : कमल थापा

नेपाल फ्ल्यास
माघ २६, २०७६

ADVERTISEMENT

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको अस्तित्व रक्षाको निमित्त चुनाव भन्दा माथि उठेको अभिभावकको रूपमा राजसंस्था आवश्यक भएको भन्दै मुलुकमा राजासहितको लोकतन्त्रले मात्र स्थिरता र समृद्धि दिन सक्ने दाबी गरेका छन् । 

विभिन्न पार्टी परित्याग गरी राप्रपा प्रवेश गर्नेहरूलाई पार्टीमा स्वागत गर्दै थापाले राप्रपा प्रवेश गर्नेहरूले कहिल्यै पश्चात्ताप गर्नु नपर्ने दाबी गरे । उनले देश बचाउने र बनाउने अभियानमा राप्रपाको झन्डा मुनि गोलबन्द हुनु आवश्यक भएको बताए । 

पचासौँ लाख युवालाई विदेशी भूमिमा रगत पसिना बेच्न बाध्य बनाउनेहरूले देश निर्माण गर्न नसक्ने ठोकुवा गर्दै थापाले गलत मार्गचित्रका कारण मुलुक सङ्कटको भुमरीमा फसेको बताए । जातीय आधारमा विभाजित गर्ने कामले समस्या जटिल बन्ने तर्फ सचेत हुनुपर्ने बताउँदै थापाले संस्कार, संस्कृति र परम्परा बिर्सिएर पहिचान गुम्न जाँदा मुलुक कमजोर हुने विचार व्यक्त गरे । 

नयाँ उद्योग खोल्ने, स्वदेशी-विदेशी लगानी भित्र्याउने, कृषिमा जनतालाई आकर्षित गर्ने भन्दा भ्रष्टाचार र ब्रम्हलुटलाई प्राथमिकता दिँदा देश खोक्रो बन्दै गएको थापाको कथन थियो । 

नयाँ पुस्ताको साथ र सहयोगमा राप्रपालाई मुलुकको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गरेरै छाड्ने थापाको प्रतिबद्धता थियो । कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष राजीव पराजुली राप्रपालाई सशक्त राष्ट्रवादी शक्ति बनाउने उद्घोष गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि