जेठ ०५, २०८१, शनिबार
               

एमसीसीबारे भ्रम सिर्जना गरियो : अध्यक्ष थापा

नेपाल फ्ल्यास
माघ २५, २०७६

ADVERTISEMENT

काठमाडौँ । राप्रपा अध्यक्ष कमल थापाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) तत्काल संसदबाट अनुमोदन गर्न माग गरेको छन् ।

रिपोटर्स क्लबले राजधानीमा शनिबार गरेको कार्यक्रममा अध्यक्ष थापाले एमसीसीबारे योजनाबद्ध ढङ्गबाट भ्रम सिर्जना गरी विवाद खडा गरिएको बताए । उनले जनताका मनमा द्विविधा पैदा गर्ने काम भएको टिप्पणी गरे ।

एमसीसीमा भएका सामान्य त्रुटिहरू हटाएर सहायता अमेरिकी सहायता स्वीकार गर्नुपर्ने उनको भनाइ थियो । विगतका सबै सरकारले एमसीसी स्वीकार गरिसकेकोले यसमा करिवकरिव राष्ट्रिय सहमति नै भइसकेको उनको तर्क थियो ।

अध्यक्ष थापाले ललिता निवास प्रकरणमा निर्दोष फस्न नहुने र दोषी उम्कन नहुने बताएका छन् । अख्तियारको कदमलाई सकारात्मक रूपमा लिएको भन्दै उनले भ्रष्टाचारको मुद्दामा निर्दोष पनि पर्न नहुने बताए ।

निर्दोषलाई सफाइ र कसैलाई नियतवश उन्मुक्ति दिने प्रयास भएको भए थप छानबिन गरेर दोषीलाई कानुनको कठघरामा उभ्याउने विश्वास आफूले लिएको थापाले बताए ।

उनले भ्रष्टाचारले मुलुक आक्रान्त भएको जनाउँदै अख्तियारलाई थप शक्तिशाली बनाउनु पर्ने मान्यता राखेका थिए । एनसेल काण्ड, वाइडबडी जहाज काण्ड, सुन तस्करीलगायतका विषयमा पनि अनुसन्धान गर्न थापाले अख्तियारलाई आग्रह गरे ।

 

 


कस्तो लाग्यो ?

यो पनि