जेठ ०५, २०८१, शनिबार
               

बालुवाटार प्रकरणको विरोधमा प्रदर्शन गर्ने विवेकशील नेपाली ११ नेता पक्राउ

नेपाल फ्ल्यास
माघ २५, २०७६

ADVERTISEMENT

काठमाडौं । विवेकशील नेपाली दलका  ११ जना नेता पक्राउ परेका छन् । बालुवाटारको सरकारी जग्गा हत्याउन विगतमा संलग्न रहेकालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा लगाउने तथा नलगाउने निर्णयमा पक्षधरता देखाएको आरोप लगाउँदै शनिबार बिहान बालुवाटारमा प्रदर्शन गरिरहेका टोलीलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा रन्जु दर्शना न्यौपाने, संगीता बाटाजु, आलोक सुबेदी, वृतान्त खनाल, शशिविक्रम कार्की, प्रमेश श्रेष्ठ, शीशिर राई, मनिष खनाल, प्रदीप ज्ञवाली, साधना थुलुङ राई र रजीया बानु रहेका छन् । 

पक्षधरता देखिएर मुद्दा चलाउने तथा नचलाउने निर्णय भएको हुँदा विवेकशील नेपाली दलले अख्तियारको ध्यानाकर्षण गर्न विवेकशील दलका नेतृत्व वर्ग, सदस्य तथा शुभेच्छुकहरूले ललिता निवास अगाडि गएर प्रदर्शन गरेका जारी विज्ञप्तिमा उल्लेख गरेको छ । 

प्रदर्शनमा गएका विवेकशील नेपाली दलका ११ जना नेता तथा  सदस्यहरुलाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै उनीहरुलाई तत्काल रिहा गर्न माग गरिएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि