जेठ ०५, २०८१, शनिबार
               

माधव नेपालको प्रतिवाद : ललिता निवास प्रकरणमा मेरो संलग्नता छैन

नेपाल फ्ल्यास
माघ २४, २०७६

ADVERTISEMENT

सुनसरी । नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा आफ्नो कुनै गल्ती र संलग्नता नरहेकोभन्दै प्रतिवाद गरेका छन् ।

तत्कालीन मन्त्री विजयकुमार गच्छदारलाई कारबाही चलाएको तर प्रधानमन्त्री नेपाललाई उन्मुक्ति दिएको आरोप लागिरहेको बेला उनले त्यसको प्रतिवाद गरेका हुन् ।

मोरङ तथा इटहरी उपमहानगरपालिकाका अगुवा कार्यकर्तालाई प्रशिक्षणको क्रममा उनले बिना आग्रह पूर्वाग्रह दोषीलाई नछाड्ने र निर्दोषलाई अख्तियारले निष्पक्ष छानबिन गर्नुपर्ने बताए ।

छानबिनबाट मेरो दश पुस्ताभित्रको मानिसको नाममा त्यस स्थानमा जग्गा छ भने जुनसुकै कारबाही पनि भोग्न तयार रहेको उनले बताए । 

उनले धरान उपमहानगरपालिकामा नेकपाको हार गम्भीर समीक्षा गर्नुपर्ने बताए ।


कस्तो लाग्यो ?

यो पनि