जेठ ०५, २०८१, शनिबार
               

गगन थापाको प्रश्न : ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्रीलाई किन जोगाइयो ?

नेपाल फ्ल्यास
माघ २४, २०७६

ADVERTISEMENT

गगन थापाको प्रश्न : तत्कालीन प्रधानमन्त्रीलाई किन जोगाइयो ?

चितवन : नेपाली काँग्रेसका नेता गगन थापाले भ्रष्टाचार मुद्दामा तत्कालीन प्रधानमन्त्रीलाई कारबाही चलाएकोमा आपत्ति जनाएका छन् ।

चितवनको कालिका नगरपालिकामा भएको कार्यक्रममा नेता थापाले ललिता निवासको जग्गाको विषयमा फाइल उठाएर लैजाने मन्त्रीलाई मुद्दा लाग्ने र क्याबिनेटबाट पास गराउने प्रधानमन्त्रीलाई कारबाही नहुनु विडम्बनापूर्ण भएको जनाए ।

उनले भ्रष्टाचारी कसैले पनि उन्मुक्ति पाउन नहुने बताए । काँग्रेसका उपसभापतिलाई मुद्दा चलाए पनि नेकपाको नेता भएका कारण तत्कालीन प्रधानमन्त्रीलाई जोगाउन खोजेको आरोप उनले लगाए ।  

गच्छदार भौतिक पूर्वाधारमन्त्री हुँदा नेकपा अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री थिए । मन्त्रिपरिषद्ले गरेको निर्णयलाई नीतिगत भन्दै अख्तियारले नेपालविरुद्ध कारबाही बढाएको थिएन ।


कस्तो लाग्यो ?

यो पनि