जेठ ०५, २०८१, शनिबार
               

अख्तियार पुगेका साझा पार्टीका नेता कार्यकर्ता पक्राउ

नेपाल फ्ल्यास
माघ २४, २०७६

ADVERTISEMENT

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पहुँचवाला र ठूला नेतालाई उन्मुक्ति दिएको भन्दै साझा पार्टीले आयोगको कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ ।

आयोगको कार्यालय नजिक विरोध प्रदर्शनसहित धर्ना दिन पुगेका साझा पार्टीका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

‘एक देश, दुई कानुन’ को विरोधमा पूर्वघोषित कार्यक्रमअनुसार साझा पार्टीले विरोध प्रदर्शन गरेको जनाएको छ । 

साझाका नेता कार्यकर्ताले सिठी जुलुससहित विरोध प्रदर्शन गरेको थिए । उक्त जुलुस रोक्न प्रहरीले हस्तक्षेप गरेको थियो ।

यसैबीच, साझा पार्टीकी बागमती प्रदेश संयोजक समीक्षा बास्कोटासहित एक दर्जन नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा १७५ जनाविरुद्ध मुद्दा दायर गरे पनि सो प्रकरणमा मुछिएका सत्तारुढ दल (नेकपा)का नेताहरुलाई उन्मुक्ति दिइएको र उस्तै आरोप लागेका अन्यलाई मात्र विपक्षी बनाएर मुद्दा दायर गरिएको साझा पार्टीले आरोप लगाउँदै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि