जेठ ०५, २०८१, शनिबार
               

संसदमा आज पनि कांग्रेसको अवरोध

नेपाल फ्ल्यास
माघ २४, २०७६

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसले आज (शुक्रबार)को संसद बैठक पनि अवरुद्ध गर्ने निर्णय गरेको छ । संसद बैठक शुक्रबार दिउँसो १ बजे बस्दैछ ।

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति विजयकुमार गच्छदारविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरेपछि कांग्रेसले हिजो पनि संसद बैठक अवरुद्ध गरेको थियो ।

यसैबीच, शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले आज पनि संसद अवरुद्ध गर्ने निर्णय गरेको हो ।

कांग्रेसले संवैधानिक आयोगलाई सरकार आफैंले चलाउन खोजेको र पक्षपातपूर्ण निर्णय गरेको आरोप लगाउँदै आएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि