जेठ ०५, २०८१, शनिबार
               

एमसीसी राष्ट्रहितमा भए स्वीकार्य : नेपाल

नेपाल फ्ल्यास
माघ २३, २०७६

ADVERTISEMENT

काठमाडौँ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको हितमा भए एमसीसी स्वीकार गर्ने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नेपालले अमेरिकी राजदूत राजदूत र्‍याण्डी डब्ल्यू बेरीसँगको भेटघाट यस्तो धारणा राखेका हुन् ।

अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन संसद्बाट अनुमोदन गर्नेबारे सत्तासीन नेकपाभित्र विवाद छ ।

नेकपाभित्र एमसीसी अनुमोदनमा विवाद भइरहँदा राजदूत बेरी नेता नेपालको निवास कोटेश्वर पुगेर भेटघाट गरेका थिए ।  

नेता नेपालका स्वकीय सचिव नितेश पौडेलको अनुसार भेटमा एमसिसीबारे  छलफल भएको थियो ।

सो अवसरमा नेता नेपालले नेपालले कुनै पनि वैदेशिक सहयोग लिने भन्दै एमसिसी राष्ट्रिय हित अनुकूल भए स्वीकार गरेर अगाडि बढ्न सकिने राजदूत बेरीलाई जवाफ दिएको राससले जनाएको छ ।

नेता नेपालले एमसिसी राष्ट्रिय हित विपरीत भए सच्चाउनुपर्ने धारणा राखेका थिए ।


कस्तो लाग्यो ?

यो पनि