जेठ ०५, २०८१, शनिबार
               

विवादित मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाबाट पारित

नेपाल फ्ल्यास
माघ २३, २०७६

ADVERTISEMENT

काठमाडौं । विवादित मिडिया काउन्सिल विधेयक संशोधनसहित राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ । बिहीबारको राष्ट्रियसभा बैठकबाट उक्त विधेयक पारित भएको हो ।

विधेयकबाट पत्रकारले लाइसेन्स परीक्षा दिनुपर्ने प्रावधान हटाइएको छ । बिहीवारको बैठकमा सांसद खिमलाल भट्टराईले राखेको संशोधन प्रस्तावपछि लाइसेन्ससम्बन्धी बुँदा हटाइएको हो ।

संशोधन प्रस्तावमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले समेत समर्थन जनाएका थिए ।
 


कस्तो लाग्यो ?

यो पनि