जेठ ०५, २०८१, शनिबार
               

भेदभावपूर्ण व्यवहार गरेको भन्दै कांग्रेसले गर्यो प्रतिनिधिसभा बैठक अवरोध

नेपाल फ्ल्यास
माघ २३, २०७६

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बालुवाटारको ललिता निवास जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भेदभावपूर्ण व्यवहार भएको भन्दै प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । उक्त पार्टीका सांसदको अवरोधका कारण बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको हो ।

बैठकको प्रारम्भमा सभामुखसँग समय लिएर कांग्रेसका सचेतक पुष्पा भुसालले तत्कालीन सरकारले गरेका निर्णयका आधारमा कुनै मन्त्री र सचिवलाई भ्रष्टाचारको आरोपमा मुद्दा दयार गरिएको तर केही राजनीतिक र प्रशासनिक नेतृत्वलाई बचाइएको भनी आपत्ति जनाइन् । 

आयोगले बुधबार सो प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा आरोपपत्र दायर गरेको थियो ।

नेत्री भुसालले भनिन्, ‘राज्यले सबै निकायलाई आफ्नो प्रभाव र नियन्त्रणमा लिन खोजेको छ, यसैको उदाहरणका रूपमा अख्तियारले निर्णय गरेको छ, कसैलाई पाखा र कसैलाई पाखा गरिएको छ, त्यस कारण उसमा राजनीतिक बदनियत देखिएको छ, संवैधानिक अंगहरू राजनीतिक प्रभावमा परेर राजनीतिक प्रतिशोध साँध्नु हुँदैन, हामीले यसैका लागि गणतन्त्र र समावेशी संविधान ल्याएको हो रु’

भुसालले उक्त प्रकरणमा देखाइएको भेदभावको विरोधमा आज बैठकको कारबाही चल्न नसक्ने भनेपछि सो दलका सांसद् उभिएका थिए । सभामुख अग्निप्रसाद सापकोटाले कांग्रेसका तर्फबाट आएको धारणातर्फ सम्बन्धित निकायको ध्यान गएको होला भन्दै संसद्ले धेरै विधेयक अगाडि बढाउनुपर्ने भएकाले बसिदिन र सदन सञ्चालनका लागि सहयोग गर्न पटक पटक आग्रह गरे । तर पनि अवरोध जारी रहेपछि सभामुखले बैठक स्थगित गरे ।

प्रमुख प्रतिपक्षीले अवरोध गरेको स्थितिमा बैठक चल्न नसक्ने भन्दै सभामुख सापकोटाले यही माघ २४ गते अपराह्न १ बजेसम्मका लागि बैठक स्थगित गरे ।


कस्तो लाग्यो ?

यो पनि