जेठ ०५, २०८१, शनिबार
               

ललिता निवास प्रकरणबारे डा. बाबुराम भट्टराईले भने –‘नीलकण्ठ’ बन्न तयार छु

नेपाल फ्ल्यास
माघ २३, २०७६

ADVERTISEMENT

बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि पूर्वप्रधानमन्त्री तथा हाल समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफूलाई असहज भएको प्रतिक्रिया दिएका छन्।

बुधबार अख्तियारले पूर्वमन्त्री विजयकुमार गच्छदारसहित एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उक्त जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वप्रधानमन्त्री भट्टराईलाई पनि अख्तियारले दोषी ठहर गरेको छ । तर, मुद्दा भने अगाडि बढाएको छैन।

नेपाली कांग्रेसले गच्छदारलाई मात्र मुद्दा चलाई नेपाल र भट्टराईलाई उन्मुक्ति दिएको भन्दै आलोचना गरेको छ।

डा. भट्टराईले यो प्रकरणमा दोषीलाई छाड्ने र नर्दोष फस्ने नहोस् भन्दै देशलाई आवश्यक परे आफू ‘नीलकण्ठ’ बन्न तयार रहेको बताएका छन्।

‘मैले पनि असहजता महसुस गरेको छु । सुरअसुर द्वन्द्वबाट निस्केको कालकुट विष पिएर शिवजी नीलकण्ठ बनेझैँ देशलाई आवश्यक पर्छ भने म पनि ‘नीलकण्ठ’बन्न तयार छु ,’ भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘तर, दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस् । वा जानीजानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर, परिबन्दले अघि देखिनेचाहिँ फस्ने नहोस् ।’


कस्तो लाग्यो ?

यो पनि