जेठ ०५, २०८१, शनिबार
               

गच्छदारमाथि मुद्दा चलाएको भन्दै कांग्रेसद्वारा संसदमा अवरोध

नेपाल फ्ल्यास
माघ २३, २०७६

ADVERTISEMENT

काठमाडौंः पार्टी उपसभापति विजय गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको विरोधमा नेपाली कांग्रेसले संसद बैठकमा अवरोध गरेको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधपछि बिहीबार दिउँसोको संसद बैठक स्थगित भएको छ । 

कांग्रेसले राजनीतिक पूर्वाग्रहका आधारमा आफ्नो पार्टीको नेतालाई फसाइएको भन्दै संसदमा अवरोध गरेको हो । कांग्रेस सांसद पुष्पा भुषालले विशेष समयमा बोल्दै मुलुकको लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने गरी मुद्दा दायर गरिएको बताएपछि संसद अवरुद्ध भएको थियो ।

बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।


कस्तो लाग्यो ?

यो पनि