जेठ ०५, २०८१, शनिबार
               

गच्छदारलाई भ्रष्टाचार मुद्दा लागेपछि कांग्रेस नेताहरू आकस्मिक छलफलमा

नेपाल फ्ल्यास
माघ २३, २०७६

ADVERTISEMENT

काठमाडौं ः  उपसभापति विजयकुमार गच्छदारलाई भ्रष्टाचार मुद्दा लागेपछि कांग्रेसका शीर्ष नेताहररू आकस्मिक छलफलमा जुटेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार बालुवाटारस्थित ललितानिवासको जग्गा प्रकरणमा गच्छदारसहित १ सय ७५ जनालाई भ्रष्टाचार मुद्दा दायर गरेपछि बिहीबार कांग्रेस नेताहरू छलफलमा जुटेका हुन् । छलफल पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा चलिरहेको कांग्रेस पार्टी कार्यालयका सचिव कृष्ण पौडेलले बताए।

तत्कालीन भौतिक योजनामन्त्री विजयकुमार गच्छदारलाई भ्रष्टाचारको मुद्दा दायर गर्दै अख्तियारले ९ करोड ६९ लाख बिगो माग गरेको छ। अख्तियारले तत्कालीन भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, अख्तियारका पूर्वप्रमुख आयुक्त एवं तत्कालीन भौतिक पूर्वाधारसचिव दीपकुमार बन्स्यात, तत्कालीन भूमिसुधार मन्‍त्रीद्वय डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी, तत्कालीन सचिव छवि पन्तलगायतका उच्च अधिकारी र कर्मचारीसहित १ सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

अख्तियारले सार्वजनिक जग्गा हिनामिना गरेको अभियोगसहित उच्चपदस्थ पदाधिकारीलाई बिगोको अनुपातमा जरिवाना र १० वर्षसम्म जेल सजाय माग गरेको छ। राष्ट्रसेवकका हकमा भ्रष्टाचार निवारण ऐनअनुरूप थप तीन वर्ष जेल सजाय माग गरिएको छ। 

अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले गच्छदारविरुद्ध ९ करोड ६५ लाख बिगो मागदाबी गरिएको बताए। उनका अनुसार पूर्वमन्त्री श्रेष्ठविरुद्ध ९ करोड ६५ लाख, पूर्वमन्त्री जोशीविरुद्ध ७ करोड ८ लाख बिगो कायम गरिएको छ। यस्तै अख्तियारका तत्कालीन प्रमुख आयुक्त बस्न्यातसँग ९ करोड ६५ लाख बिगो मागिएको छ।

गच्छदारलाई मुद्दा चलाएपछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुद्दाको प्रकृति हेर्दा अनौठो संशय र प्रश्न उब्जिएको बताएका छन् । ‘लाल झण्डा ओढेपछि जुनसुकै खत पनि माफ हुन्छ भन्ने भनाइ कतै पूरा हुने त होइन ?’ भन्दै उनले फेसबुकमा पोष्ट गरेका छन्। 

त्यस्तै, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ‘एक पूर्वमन्त्री कमरेडको सिरानीमुनी लालपुर्जा राखेर गच्छदारलाई मुद्दा ?’भन्दै प्रश्न गरेका छन्। ‘श्री माधवकुमार नेपालको पालामा नीतिगत निर्णय। एक पूर्वमन्त्री कमरेडको सिरानीमुनी लालपुर्जा,ु शर्माले ट्वीट गरेका छन् ? 


कस्तो लाग्यो ?

यो पनि