जेठ ०५, २०८१, शनिबार
               

प्रचण्ड र बेलायती राजदूतबीच भेटवार्ता, समसामयिक विषयमा छलफल

नेपाल फ्ल्यास
माघ २३, २०७६

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । 

नवनियुक्त राजदूत निकोला र प्रचण्डबीच बिहीबार बिहान प्रचण्डनिवास खुमलटारमा भेटवार्ता भएको हो । भेटमा दुई देशको सम्वन्धसँगै आपसी हितको बारेमा छलफल भएको बताइएको छ ।

भेटमा अध्यक्ष दाहालले बेलायतले नेपाललाई गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरेका थिए । राजदूत निकोलाले आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको जनाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि