जेठ ०५, २०८१, शनिबार
               

अख्तियारलाई विश्व प्रकाशको प्रहार : 'अल एनिमल आर इक्वेल बट्...'

नेपाल फ्ल्यास
माघ २३, २०७६

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले ललिता निवास जग्गा हिनामिना प्रकरणमा दर्ता गरेको मुद्दाप्रति आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् ।

नीतिगत निर्णय गर्ने व्यक्ति र उक्त जमिन खरिद गर्ने नेता जोगाएर गच्छदार (कांग्रेस नेता) लाई निशाना बनाइएको उनले प्रतिक्रिया दिएका छन् ।

शर्माले ट्विटरमा लेखेका छन्, ‘माधवकुमार नेपालको पालामा नीतिगत निर्णय । एक पूर्व मन्त्री कमरेडको सिरानीमुनी लालपुर्जा । मुद्दा कसलाई ? विजय गच्छदारलाई’

प्रवक्ता शर्माले अंग्रेजी साहित्यकार जर्ज अरवेलको पुस्तक ‘एनिमल फार्म’ को भनाइ समेत उद्धृत गरेका छन् । उनले लेखेका छन्, 'अल एनिमल आर इक्वेल बट सम आर मोर इक्वेल देन अदर्स' (सबै जनावर समान हुन्छन् तर केही जनावर अरु भन्दा बढी समान हुन्छन्)

यो पढ्नुभयो ?

अब के हुन्छ सांसद गच्छदारको राजनीतिक हैसियत ?


कस्तो लाग्यो ?

यो पनि