जेठ ०५, २०८१, शनिबार
               

बालुवाटार जग्गा अनियमितता प्रकरण : विशेष अदालतमा मुद्दा दायर

नेपाल फ्ल्यास
माघ २२, २०७६

ADVERTISEMENT

काठमाडौँ । ठुलो माछा मानिएको ललिता निवास जग्गा प्रकरणमा अख्तियारले प्रधानमन्त्री तहलाई छुन सकेन ।

मन्त्रिपरिसदस्तरमै फायल पुगे पनि निर्णयमा सामेल पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाएन ।

पूर्व मुख्य सचिव एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललेसमेत कारबाही भोग्नु नपर्ने भएको छ । नीतिगत निर्णय भन्दै अख्तियारले मुद्दा नचलाएको हो ।

अख्तियारले पूर्वमन्त्री विजयकुमार गच्छदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध भने मुद्दा चलाएको छ । १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएकोमा १७ जना बचेका छन् ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने संलग्नमाथि व्यक्ति विरुद्ध कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा गरेको छ । अनियमिततामा संलग्न तत्कालीन मन्त्री र कर्मचारीमाथि कारबाहीको माग गर्दै अख्तियारले आरोपपत्र लिएर विशेष अदालत पुगेको हो ।

 अख्तियारले बालुवाटार जग्गा प्रकरणमा पूर्वमन्त्री विजय गच्छदार, छविराज पन्त र डम्बर श्रेष्ठ डम्बर श्रेष्ठसहित १ सय ७५ व्यक्तिविरुद्ध मुद्दा दर्ता दायर गरेको छ । 
 


कस्तो लाग्यो ?

यो पनि