काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले आफ्नो पार्टीमा आउन अन्य राजनीतिक दल तथा समूहलाई आग्रह गरेका छन् ।
विभिन्न कारणले पार्टीबाट अलग भएका, निस्क्रिय रहेका, बाटो बिराएका, स–साना समुहमा बाँडिएकालाई राप्रपामा सहभागी हुन उनले आग्रह गरेका हुन् ।
'जीवनमा मरेर लानु केही छैन ।' थापाले ट्विट गर्दै भनेका छन्, 'हिन्दुराष्ट्र, राजसंस्था र राष्ट्रवादको ज्योतिलाई निभ्नबाट बचाउन एकजुट हौं ।'
यस्तो छ थापाको ट्विट:
विभिन्न कारणले पार्टीबाट अलग भएका,निस्क्रिय रहेका,बाटो बिराएका,स-साना समुहमा बांडिएकाहरुलाई समेत यो अवसरको सदुपयोगगरि नेपालको गौरवशाली राष्ट्रवादी पार्टी राप्रपामा सहभागीहुन आग्रह छ।जीवनमा मरेर लानु केहीछैन।हिन्दुराष्ट्र,राजसंस्था र राष्ट्रवादको ज्योतिलाई निभ्नबाट बचाउन एकजुट हौं
— Kamal Thapa (@KTnepal) February 5, 2020