जेठ ०५, २०८१, शनिबार
               

सचिव राईको बिदाइ, गृहमन्त्रीले गरे तारिफ

नेपाल फ्ल्यास
माघ २१, २०७६

ADVERTISEMENT

काठमाडौं । अनिवार्य अवकाश पाएका गृहसचिव प्रेमकुमार राईलाई सोमबार बिदाइ गरिएको छ । 

गृह मन्त्रालयमा एक समारोहमा उनलाई बिदाइ गरिएको हो । बिदाइ समारोहमा गृहमन्त्री रामबहादुर थापाले अवकाशप्राप्त सचिव राईले मन्त्रालयमा निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । 

सरल, सहज र कर्तव्यनिष्ट राईको राज्यप्रतिको समर्पण भाव प्रेरणादायी रहेको मन्त्री थापाले बताए । हरेक सरकारी कर्मचारीले गलत प्रवृत्तिविरुद्ध लड्न र कानून कार्यान्वयनमा डराउन नहुनेमा जोड दिँदै मन्त्री थापाले राईमा त्यस्तै खालको प्रवृत्ति रहेको बताए ।

अवकाशप्राप्त सचिव राईले राष्ट्रसेवक भएर आफ्नो कार्यकालमा इमान्दारीपूर्वक जनताको काम गरेको जिकिर गरे । 

उनले गृहमन्त्री थापासँग काम गर्दा सहज भएको उल्लेख गर्दै सोही कारण मन्त्रालयले सफलता प्राप्त गरेकोसमेत बताए ।

यही माघ २२ गते अनिवार्य अवकाश पाउने भए पनि उनले दिएको राजीनामा सोमबारदेखि लागू हुने गरी यसअघि नै स्वीकृत भएको थियो । 

विसं २०४० मा सेवा प्रवेश गरी २०७१ सालमा सचिवमा बढुवा भएका राईले २०७४ साल चैत २६ गतेदेखि गृहसचिव भएर काम गरेका थिए।


कस्तो लाग्यो ?

यो पनि