जेठ ०५, २०८१, शनिबार
               

नेकपा बैठकः ओलीको उपस्थितिमा दाहालले जवाफ दिने

नेपाल फ्ल्यास
माघ १९, २०७६

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको नेकपाको जारी दोस्रो केन्द्रीय कमिटी बैठक आइतबार समापन हुँदैछ । बैठक सकिनुअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा अर्का अध्यक्ष पुष्पकमल दाहालले उठेका प्रश्नको जवाफ दिने तयारी भएको बताइएको छ । 

पाँच दिनदेखि काठमाडौंको राष्ट्रियसभा गृहमा जारी बैठकमा उठेका सवालबारे छलफल गर्न आइतवार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले  अध्यक्ष दाहालले जावाफ दिने निर्णय गरेको हो ।

सांगठनिक तथा विधान संशोधन प्रस्तावमाथि उठेका सवालहरूको जवाफ भने महासचिव विष्णु पौडेलले दिनेछन् । गत माघ १५ गतेदेखि शुरू भएको केन्द्रीय कमिटीको पूर्ण बैठकमा सरकार र पार्टी नेतृत्वको चर्को आलोचना भएको छ ।


कस्तो लाग्यो ?

यो पनि