जेठ ०५, २०८१, शनिबार
               

राप्रपाको निष्कर्षः सरकार पूर्ण असफल

नेपाल फ्ल्यास
माघ १७, २०७६

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले केपी शर्मा ओली नेतृत्वको सरकार पूर्ण असफल भएको निष्कर्ष निकालेको छ । शुक्रबार सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष थापाले सरकार पूर्ण असफल भएको निष्कर्ष निकालेका हुन् ।

कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष थापाले सरकारले सकारात्मक परिवर्तनको अनुभूति दिन नसकेको बताएका छन् । सरकारले शैक्षिक, प्रशासनिक, सुरक्षा, संवैधानिक निकायहरु तथा न्यायपालिकामा समेत पार्टीका कार्यकर्ता र प्रभावका व्यक्तिहरु नियुक्त गर्ने कार्य संगठित र योजनाबद्धरुपमा गरेको थापाले आरोप लगाएका छन् ।

कार्यपत्रमा नेपालमा इसाइकरण बढेकोप्रति चिन्ता गरिएको छ । कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष थापाले धर्मनिरपेक्षताको आडमा फैलिएको धर्मपरिवर्तनको डढेलोलाई समयमै नियन्त्रण गर्न नसके नेपालको राष्ट्रिय पहिचान नै समाप्त हुने बताएका छन् । 


कस्तो लाग्यो ?

यो पनि