जेठ ०५, २०८१, शनिबार
               

के अग्नि सापकोटाविरुद्ध आन्दोलन चर्काउँदै छन् सुशील प्याकुरेल ?

नेपाल फ्ल्यास
माघ ११, २०७६

ADVERTISEMENT

काठमाडौं । सभामुखको उम्मेदवारीप्रति सांकेतिक असहमति प्रकट गर्दै मानवअधिकारवादी नेता सुशील प्याकुरेलले राष्ट्रपतिको प्रमुख सल्लाहकारबाट राजीनामा दिएपछि नेकपाको राजनीति तरंगित भएको छ । 

सभामुखको उम्मेदवार व्यक्ति हत्याको आरोप लागेका पूर्वमाओवादी नेता अग्नि सापकोटालाई बनाएकोप्रति लक्षित गर्दै प्याकुरेलले शुक्रबार राजीनामा दिएका थिए ।

२०६२ वैशाख १६ गते काभ्रेको छत्रबाँझमा रहेको कृष्ण माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामाको हत्याको आरोप सापकोटामाथि लाग्दैआएको छ ।

लामाको तत्कालीन माओवादीले अपहरणपछि हत्या गरेका थिए ।

सो हत्यामा नेता सापकोटासमेत ६ जनाविरुद्ध उनकी पत्नी पूर्णिमायाले रिट हालेकी थिइन् । सर्वोच्चमा सो रिट अझै विचारधीन छ । 

नेता सापकोटाविरुद्ध प्याकुरेलले २०६८ सालमा रिट हालेका थिए । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालसमेतलाई विपक्षी बनाइएको थियो । सापकोटा सभामुख बन्दा राष्ट्रपतिको राजनीतिक सल्लाहकार भएर बस्न असहज हुने भएर उनले राजीनामा दिएको धेरैको अनुमान छ ।

तर के प्याकुरेल यतिमै सीमित होलान् ? कतिपयको मनमा यो प्रश्न उब्जिकएको छ । 

इन्सेकको अध्यक्षसमेत रहिसकेका प्याकुरेलले सापकोटाविरुद्ध राष्ट्रिय तथा अन्तराष्ट्रियरुपमा लबिङ गर्न सक्ने छन् । उनको कनेक्सन स्वदेश तथा विदेशमा समेत रहेको छ । 

उनी सडकमा उत्रिएमा मानवअधिकारवादीको ठूलै समूह एकीकृत हुन सक्छ । यसबाट संभावित सभामुख सापकोटा र नेपाल सरकारलाईसमेत दबाब पुग्न सक्ने छ । 

अबको उनको कदम हेर्न भने केही दिन कुर्नुपर्ने संकेत प्याकुरेलले गरेका छन् । 

यसैबला सापकोटाविरुद्ध सर्वोच्चमा रिटसमेत परेको छ । सो रिटले सभामुख बन्नलाई केही फरक नपर्ने सापकोटा निकटहरुको विश्वास छ । तर अदालतबाट त्यस्तो नहुन पनि सक्ने तर्क कतिपयको छ ।


कस्तो लाग्यो ?

यो पनि