जेठ ०५, २०८१, शनिबार
               

राष्ट्रियसभामा नेकपाको एकछत्र, को को भए विजयी ?

नेपाल फ्ल्यास
माघ ०९, २०७६

ADVERTISEMENT

काठमाडौं । ५९ सदस्यीय राष्ट्रियसभा नेकपाको एकछत्र भएको छ । 

बिहीबारको निर्वाचनसँगै नेकपाका सांसद थपिएका छन् भने प्रमुख विपक्षी कांग्रेसको  ७ स्थान घटेको छ ।

१८ सदस्यका लागि भएको निर्वाचनमा १६ नेकपा र २ स्थानमा राष्ट्रिय जनता पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । राष्ट्रियसभामा १९ जना सदस्यको कार्यकाल फागुन २० गते सकिँदै छ । १८ जना बिहीबार निर्वाचित र एक जना राष्ट्रपतिबाट मनोनितले उनीहरूलाई प्रतिस्थापन गर्ने छन् ।

यो चुनावसँगै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ सांसद बनेका छन् । अब उनलाई सरकारमा जाने बाटो खुलेको छ । उनी गएको संसदीय निर्वाचनमा तत्कालीन नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए ।

को को विजयी भए ?

प्रदेश १ : इन्दु गौतम, गोपी अछामी र देवेन्द्र दाहाल

प्रदेश २ : शेखरसिंह (राजपा), तुलसा दाहाल, मृगेन्द्र सिंह (राजपा) र राधेश्याम पासवान

बागमती प्रदेश : गंगा बेल्वासे र डा. वेदुराम भुषाल, 

गण्डकी प्रदेश : नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने

प्रदेश ५ : जगप्रसाद शर्मा ‘अपार’, गोपाल भट्टराई र विमला घिमिरे

कर्णाली प्रदेश : मायाप्रसाद शर्मा र सुमित्रा बिसी

सुदूरपश्चिम प्रदेश : तारामान स्वाँर र शारदा भट्ट


कस्तो लाग्यो ?

यो पनि